अनुसूची–३
(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,
सिंहदरवार ।
यस कम्पनीले क्यासिनो सञ्चालन गर्न चाहेकोले क्यासिनो सञ्चालन इजाजतपत्र पाउनको लागि देहायका विवरण खुलाई यो निवेदन गरिएको छ ।
१. क्यासिनो सञ्चालन गर्ने कम्पनीको,–
(क) नाम ः-
(ख) ठेगाना ः-
(ग) संस्थापना नम्बर ः-
२. सञ्चालकको विवरण ः-
३. कम्पनीको पूँजी –
(क) अधिकृत पूँजी ः-
(ख) जारी पुजी ः-
(ग) चुक्ता पूँजी ः-
४. क्यासिनो सञ्चालन हुने होटल वा रिसोर्टको,–
(क) नाम ः-
(ख) ठेगाना ;–
(ग) व्यवस्थापकको नाम ः-
५. नियम २५ बमोजिमको निगरानी प्रणाली सम्बन्धी योजना :—
६. माथि उल्लिखित व्यहोरा ठीक सा“चो छ, झुटृा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
कम्पनीको तर्फबाट निवेदन दिनेको,–
कम्पनीको छाप सही :-
नाम :-
मिति :-
संलग्न गर्नु पर्ने कागजातहरुः—
(क) नेपाली नागरिकताको प्रमाणपत्र तथा विदेशी भए राहदानीको प्रतिलिपि ।
(ख) कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र र नियमावली ।
(ग) मन्त्रालयले पूर्व स्वीकृति दिएको पत्र र त्यसरी स्वीकृति दिंदा कुनै शर्त तोकेको भए सो शर्त पूरा गरेको प्रतिबद्धता ।
(घ) क्यासिनो सञ्चालन गर्न आवश्यक पर्ने अनुसूची २ बमोजिमको पूर्वाधार विवरण ।
(ङ) प्रचलित कानून बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याड्ढन प्रस्ताव स्वीकृत गर्नु पर्ने भए त्यस्तो स्वीकृति ।
(च) मन्त्रालयले तोकेको अन्य कागजातहरु ।